विश्व क्यान्सर दिवस (४ फरवरी), सबैलाई क्यान्सरको विरूद्ध लड्न एकजुट गर्छ। यो दिवसको मुख्य उदेश्य मानिसहरुलाई क्यान्सरको बारेमा जागरुक र शिक्षित गर्नु हो। यो बर्षको क्यान्सर दिवसको ट्यागलाइन ‘ डिबंक द मिथ्स्’ अर्थात क्यान्सरसंग सम्बन्धित मिथ्याहरु खतम गर्नु भन्ने छ। यसको मतलव मानिसहरुको क्यान्सरप्रतिको गलत धारणाको अन्त गर्नु नै यसको अन्तिम उदेश्य हो।
क्यान्सरको रोकथाम गर्नको लागि संसारमा धेरै योजना बन्ने गर्छन् तर सारा योजनाको बाबजुद यो हरेक देशमा उत्तिकै चुनौति बन्दै गएको छ। जति देश आफ्नो तर्फबाट बिकस गर्दै छ उत्तिकै क्यान्सर पनि संग संगै बढ्दै छ। यसको अर्थ क्यान्सर बिकाशसिल देशमा भन्दा बिकसित देशमा ठुलो चुनौति बन्दै गएको छ।
छिमेकि देश चीनमा सयौँ गाउँ नै क्यान्सरको लपेटमा छ। २०१३ सम्म चिनले आफ्नो २४१ गाउँलाई क्यान्सरयुक गाउँ भनेर घोषणा गरेको थियो। जबकि वातावरणबिदहरुका अनुसार झन्डै ४५९ गाउँ क्यान्सर ग्रस्त छ।
यहां हरेक चारमा एक ब्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको छ। यता विश्व स्वास्थ्य संगठनको अनुसर हरेक बर्ष संसारभर ७।६ ब्यक्ति क्यान्सरको कारण मर्ने गर्छन्। जसमा ४ लाख ब्यक्ति त ३० देखिस् ६९ बर्षको उमेरमै मर्छन्।
त्यस्तै भारतीय स्वास्थ्य अनुसंधान विभागको क्यान्सर रजिस्ट्री रिपोर्ट अनुसार, २०१३ मा १० लाख भन्दा बढि क्यान्सर रोगि छन्। यसमा सबैभन्दा बढि २७ प्रतिशत तंबाकूको सेवनबाट हुने क्यान्सर छ। रिपोर्ट अनुसार, महिलामा स्तन क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर् बढि छ ।
यो रोगमा सबैभन्दा बढि फोक्सोको क्यान्सर देखिएको छ। खासगरि २५ देखि ३४ बर्षका ब्यक्तिहरुमा यो रोग बढि देखिन थालेको छ। एक अध्ययन अनुसार युरोपमा हरेक १० क्यान्सर् रोगिमा एकलाई फोक्सोको क्यान्सर भएको हुन्छ भने संसारभरि महिलामा १४ लाख स्तन क्यान्सरबाट पिडित छन्।
क्यान्सरको मुख्य कारण प्रदूषण, बढ्दो जनसंख्या, परिवर्तनीय जीवन्शैलि (ध्रुम्रपान, पश्चिमी आहार र शारीरिक निष्क्रियता)मा वृद्धि, आदि हुन्। त्यस्तै धुम्रपान, मध्यपान आदि पनि क्यान्सरको प्रमुख कारण हुन्।
विकासशील देश विकसित देश बन्ने दौड र विकसित देश अझै सशक्त बन्ने धुनमा पर्याबरणलाई यति बिगारेको छ कि जसको प्रतक्ष्य असर जनमानसको स्वास्थ्यमा परेको छ।चीनमा क्यान्सर बढ्नुको प्रमुख कारण नै औद्योगिक विकास हो भनेर त्यहाँको पर्यावरण मंत्रालयले नै भनेको छ ।
फोक्सोको क्यान्सरको उपचार सबैभन्दा महंगो हुन्छ। बिस्वभर बार्षिक झन्डै १०४५८ अरब रुपैया त यहि रोगको उपचारमा खर्च हुने एक अध्ययनले देखाएको छ।
यो कुराको पुष्टि संयुक्त राष्ट्र को हालैको ‘ग्लोबल एटलस आफ पैलिएटिव केयर एट द एंड आफ लाइफ’ रिपोर्टले पनि गर्दछ।
वास्तवमा यदि क्यान्सरलाई नियन्त्रण गर्नु छ भने सबैभन्दा पहिले वाताबरणलाई सुधार्नुपर्छ। वृक्षारोपण कार्यक्रमलाईइ बढाँउदै दुम्रपानसंग सम्बन्धित उध्योगलाई निरुत्साहित गर्नुपर्छ। औधोधिक प्रदुषन कम गर्नुपर्छ। जनसंख्या बृध्धिलाई रोक्नुपर्छ। अनिमात्र यो भयाबह बिमारिबाट मुक्त हुन सकिन्छ।